अन्तिम लक्ष्य गाजापट्टीलाई आफ्नो नियन्त्रणमा लिनु हो : इजरायली प्रधानमन्त्री नेतान्याहु

मंगलबार, पुस १०, २०८०

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनविरुद्धको युद्ध तत्काल नरोकिने प्रष्ट पारेका छन् ।  अन्तर्राष्ट्रिय रुपमा युद्ध रोक्नु पर्ने दबाब बढि रहेका बेला प्रधानमन्त्री नेतान्याहुले गाजा युद्धको अन्तिम लक्ष्य प्राप्त नभएसम्म नरोकिने बताएका हुन् ।  अन्तिम लक्ष्य भनेका गाजालाई पूर्णरुपमा इजरायलको नियन्त्रणमा लिनु हो । इजिप्टले युद्धविराम, चरणबद्ध बन्धक रिहाइ र विज्ञहरूको प्यालेस्टिनी सरकार गठनको लागि प्रारम्भिक प्रस्ताव गरेको छ ।   इजिप्टको प्रस्तावमा इजरायली सेना फिर्ता गर्ने र इजरायलमा रकेट आक्रमण रोक्न हमासको प्रस्ताव पनि समावेश छ ।   ईसाई परम्परा अनुसार प्रभु येशुको जन्म २ हजार वर्षअघि इजरायलको कब्जामा रहेको प्यालेस्टाइन वेस्ट बैंकको बेथलेहेम सहरको एउटा गोठमा भएको थियो ।  त्यसैले यहाँ क्रिसमसमा विशेष उत्सव मनाइन्छ । तर पोपले यहाँ आयोजना हुने समारोह रद्द गरेका छन् । 
उत्सव मनाउनुको सट्टा, प्यालेस्टिनी ईसाईहरूले गाजामा शान्तिको लागि प्रार्थना गरे र बेथलेहेममा बच्चा येशूको चित्रण गरेर क्रिसमस मनाइएको थियो ।
प्रधानमन्त्री नेतान्याहुको भनाई सार्वजनिक भएसँगै इजरायलले गाजामा आक्रमण झनै तीव्र बनाएको छ । यसैगरी अमेरिकाले इजरायललाई २३० कार्गो विमान र सैन्य हतियार र उपकरणले भरिएका २० जहाज इजरायल पठाएको दाबी गरिएको छ । इजरायली सेनाका प्रवक्ताले गाजा पट्टीमा शुक्रबारदेखि जारी भिडन्तमा १७ इजरायली सैनिक मारिएको बताएका छन् । सोमबार गाजामा दुई सैनिक मारिएको जानकारी दिएको छ। अक्टोबर ७ देखि कूल ४८९ इजरायली सैनिकहरू मारिएका छन् । इजरायली सेनाले  सोमबार राति गरेको हवाई आक्रमणमा १०६ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार