सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । विराटनगर महानगरपालिका कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउने उद्देश्यले ५१ शय्याको आइसोलेशन तयारीमा जुटेको छ । विराटनगर १ स्थित सबै पूर्वाधार भएको आरआरएन भवनलाई आइसोलेशन बनाउन लागिएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । अघिल्लो वर्ष नै महानगरपालिकाले नगर क्षेत्रकै बैजनाथपुरमा २० शय्याको आइसोलेशन तयार गरिसको थियो । विराटनगर महानगरपालिकाले वडा नं १२ स्थित सामुदायिक भवनलाई पनि आइसोलेशन बनाउनका लागि अध्ययन गरिरहेको छ । महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीले कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराखिने दृढता व्यक्त गरेका छन् ।
बजार अनुगमन तीव्र कोरोना महामारीको समयमा खाद्य वस्तु र औषधिमा हुन सक्ने कालोबजारीप्रति नागरिकलाई सचेत रहन मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आग्रह गरेका छन् । कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र अनावश्यक मूल्य वृद्धि गर्नेविरुद्ध कठोर कारवाही गरिने उनले बताए ।
सोलुखुम्बुबाहेक सबैमा कोरोना सङ्क्रमित प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा सोलुखुम्बुबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमित देखिएका छन् । आइतबार एक हजार २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, तेह्रथुम र उदयपुरमा आठआठ, धनकुटामा तीन, भोजपुरमा दुई, पाँचथरमा एक र प्रदेश बाहिरका ९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमित ४४ हजार २२५ तथा निको भएर घर फर्किने ३० हजार ८५६ छन् । अझै पनि सक्रिय सङ्क्रमित प्रदेशमा १२ हजार ७२१ छन् । सो अवधिमा दुई हजार २२० जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।