कांग्रेस नेत्री डा.आरजुले दिइन मेयर कल्याणकारी कोषका लागि १० लाख

सोमबार, जेठ ३, २०७८

कैलाली । नेपाली काँग्रेसकी नेत्री डा.आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि १० लाख रुपैयाँ सहयोग गरेकी छन् । अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा नेत्री देउवाले उक्त रकम सहयोग गरेकी हुन् । गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि कोष स्थापना गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार