मौसम विश्लेषण

'तापक्रम घटेकाले चिसोबाट बच्च सतर्कता अपनाउनु’

शुक्रबार, पुस ६, २०८०

mausam-41655018102.jpgकाठमाडौं । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
आज शुक्रबार दिउँसो देशभर आंशिक बदली रहि राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।    
भोलि शनिबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 पर्सि आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार