इजरायली जहाजलाई मलेसियाको प्रतिबन्ध 

बिहीबार, पुस ५, २०८०

काठमाडौं  मलेसियाले आफ्ना बन्दरगाहहरुमा इजरायलको स्वामित्वमा रहेका जहाजहरुलाई प्रतिबन्ध लगाएको  इजरायल  प्यालेस्टाइनी समूह हमास युद्धका कारण मलेसिया सरकारले इजरायलको स्वामित्वमा रहेका  इजरायलको झण्डा फहराइएका जहाजहरू  इजरायलका लागि जाने अन्य सबै जहाजहरूलाई आफ्ना बन्दरगाहहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो 

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले इजरायलले प्यालेस्टाइनविरुद्ध मानवीय सिद्धान्त विपरित लगातार आक्रमण गरेको  अन्तर्राष्ट्रिय नियमहरूको उल्लङ्घन गरेकाले जहाजहरुलाई प्रतिबन्ध लगाइएको बताएका छन्  

मलेसिया, मुस्लिम बाहुल्य देश, प्यालेस्टिनी जनताको पक्षमा वकालत गर्दै आएको   मलेसियाले अहिलेसम्म इजरायललाई देशको मान्यता नै दिएको छैन 

अक्टोबरमा हमास आतंककारीले इजरायलमा गरेको हमलापछि इजरायली सेनाले गाजामा लगातार आक्रमण गरिरहेको   

हालै, इजरायली सेनाले गाजामा बमबारी गरेपछि त्यहाँका मानिसहरूले मलेसियाली प्रधानमन्त्रीलाई दबाब दिन ¥याली निकालेका थिए 

मलेसियाली राहदानीमा इजरायल बाहेक सबै देशका लागि मान्य भन्ने स्पष्ट उल्लेख   इजरायली नागरिकलाई बिना अनुमति मलेसिया प्रवेश गर्न प्रतिबन्ध लगाइएको   

मलेसिया सरकारले सन् २००५ देखि इजरायलमा दर्ता भएका कम्पनी  जहाजलाई मलेसियामा अनुमति दिएको घोषणा गरे पनि अहिले वर्तमान सरकारले अघिल्लो मन्त्रिपरिषद्को यो निर्णयलाई उल्टाउँदै मलेसियाका बन्दरगाहबाट इजरायली जहाजलाई प्रतिबन्ध लगाउने निर्णय गरेको  

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार