ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा सुरु

सोमबार, पुस २, २०८०

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । महानगरको १०५औं स्थापना दिवसको अवसरमा सोमवार आज महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो । 
दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् । 
वि.स. २०७२ चैत्र २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। त्यस लगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो।
स्वास्थ्य बीमा कसरी गर्ने ?
स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्र्तगतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्दछन् । 
स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका नीजि र सरकारी गरेर ४ सय ६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार