भोलि ललितपुर महानगरको १०५ औं स्थापना दिवस

स्वास्थ्य बिमा सुरु गर्दै ललितपुर महानगर

आइतबार, पुस १, २०८०

काठमाडौं । ललितपुर महानगरपालिकाले स्थापना दिवसका अवसरमा महानगरभित्रका बासिन्दाका लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने भएको छ ।

सफाइ अड्डाका रुपमा विस १९७५ मा स्थापना भएको ललितपुर महानगरपालिकाले सोमबार १०५ औं स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त समारोहको प्रमुख अतिथिका रुपमा निम्त्याएको महानगरले समारोहको तयारी पूरा भएको आइतबार जनाएको हो ।

समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम राखेको महानगरले स्वास्थ्य बिमाको रजिष्ट्रेसन पनि सुरु गर्न लागेकाे हाे । 

हाल स्वास्थ्य सेवा प्रदान गररिहेको भवनको संरचना परविर्तन गरेर बिमितलाई सेवा दिने योजना छ । बिमितले उपचार सेवा भने फागुन १ गतेबाट पाउने जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार