ललितपुर महानगर १४ नं. वडाले सुरु गर्‍यो बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई १० दिने तालिम (भिडियो)

आइतबार, पुस १, २०८०

तिखिदेवल(ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालय तिखिदेवले महिलाहरूका लागि बच्चाहरूको ऊनी कपडा सिलाई बुनाई तालिम कार्यक्रम सुरु गरेको छ । वडा नं. १४ कार्यालयको आर्थिक सहयोगमा वडा स्तरीय महिला सञ्जालले १० दिने तालिम कार्यक्रम आयोजना गरेको हो । तालिम आज आइतबारदेखि १० दिनसम्म अर्थात पुस १० गते मंगलबारसम्म सञ्चालन हुनेछ । सामुदायिक भवन तिखिदेवलमा सञ्चालन गरिएको उक्त तालिम कार्यक्रममा १० जना महिला सहभागी छन् ।

WhatsApp-Image-2023-12-17-at-21.33.48-1702828304.jpeg 
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष अमृतजंग महतले वडा नं. १४ ले महिला उद्यमशिलताका लागि चालु आर्थिक वर्षमा धेरै कार्यक्रम राखेको बताउनु भयो । महिलालाई उद्यमी बनाउन वडाले तालिम तथा सिड मनीको पनि प्रबन्ध गरेको बताउनुभयो । 

amrit--1702825812.jpg
कार्यक्रमकी सभापति एवम् वडा स्तरीय महिला सञ्जालकी संयोजक सहनशीला कार्कीले अघिल्ला वर्षमा पनि विभिन्न तालिम कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै ती कार्यक्रमको उपलब्धि निराशाजनक रहेको भन्दै यो कार्यक्रममा सहभागी महिलालाई सिपको सदुपयोग गर्न आह्वान गर्नुभयो । 

23f6e4b1-3063-4697-8d08-f6e5c4ab5d00-1702829188.jpg
तालिमकी प्रशिक्षक शोभा महर्जनले आफूले १० दिनसम्म प्रशिक्षार्थीलाई आफूले जानेको पूर्ण ज्ञान दिने बताउँदै प्रशिक्षार्थीहरूलाई जागरुक भएर आउन आह्वान गर्नुभयो । कार्यक्रममा वडा नं १४ का सहायक वडासचिव सूर्यप्रसाद पौडेलले वडा कार्यालयले उद्यमी महिलालाई प्रोत्साहन गर्नेतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । 

a381e4e2-1068-4591-b412-22a073e951d1-1702829188.jpg
   
   

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार