पश्चिमी वायुको प्रभावलेतराईमा हुस्सु, काठमाडौंमा चिसो 

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 
आज तराईमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । 
आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।
राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार