महालक्ष्मी नगरपालिका ९ नं. वडामा ज्येष्ठ नागरिकलाई घर दैलोमै स्वास्थ्य सेवा

मंगलबार, मंसिर २६, २०८०

लामाटार(ललितपुर) । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.९ का ज्येष्ठ नागरिकले घरदैलोमै स्वास्थ्य सेवा उपभोग गर्न पाएका छन् । ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध  गराउने उद्देश्यले महालक्ष्मी नगरपालिका ९ नं. का वडाअध्यक्ष तथा निर्वाचित प्रतिनिधिसहित जिल्ला आयुर्वेद केन्द्र अन्तर्गतको नागरिक आरोग्य सेवा केन्द्र लामाटारले घरदैलो अभियान थालेपछि सेवा उपलव्ध भएको हो । 

8ee74f9b-5136-4a06-aced-e7195e7e6acf1702396663.jpg  
केन्द्रका प्राविधिक स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेका हुन् । स्वास्थ्य परीक्षण गरेका ज्येष्ठ नागरिकलाई टोलीले आवश्यक  आयूर्वेदिक ओैषधि पनि वितरण गरेको छ । 
महालक्ष्मी नगरपालिकाको वडा नं ९ लामाटारमा जिल्ला आयुर्वेद केन्द्रको नागरिक आरोग्य सेवा केन्द्र रहेको छ । सेवा केन्द्रका प्राविधिक स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकहरूको सुगर तथा प्रेसर परीक्षण गर्नुका साथै आवश्यक आयुर्वेदिक औषधि पनि वितरण गरेका थिए । नागरिक आरोग्य केन्द्र लामाटारबाट २१ थरी आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध हुँदै आएको छ । त्यस्तै अन्य परीक्षण पनि सेवा केन्द्रबाट गरिँदै आएको छ ।

62bb22a6-80a3-435d-8760-907d36f2f4df1702396667.jpg
प्राविधिक स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै परिवार संख्या, उमेर समूह, सरसफाई तथा सुगर प्रेसर भए–नभएको तथ्याङक पनि लिएका छन् । 
ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ विषयमा शब्दपाटीलाई जानकारी दिँदै वडा नं ९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले वडावासीलाई स्वास्थ्य तुल्याउन यो कार्यक्रम सुरुवात गरिएको बताउनु भयो । 

5fb94fc2-540e-47b8-8c9b-495de5bb9f3a1702396657.jpg
उहाँले भन्नुभयो, ‘निर्वाचनका बेला आफूले ज्येष्ठ नागरिकलाई घर घरमा स्वास्थ्य सेवा दिने प्रतिवद्धता जाहेर गरेकाले त्यो प्रतिवद्धता अनुसार स्वास्थ्य सेवा सुरु गरेका हौं । नागरिक आरोग्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरूलाई वडाका जनप्रतिनिधिको सिङगो टिमले साथ दिनेछ ।’

12d2fc8c-19d9-47ee-b631-886dadc6d6cc1702396665.jpg
कार्यक्रम शुभारम्भकै सन्दर्भमा वडा सदस्य शशिधर पोखरेलले  ज्येष्ठ नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले कार्यक्रम सुरुवात भएको बताउनुभयो । कार्यक्रम शुभारम्भका बेला वडा सदस्य रामकेशर थापाको पनि उपस्थिति रहेको थियो ।  

75f09446-fb9a-47a7-9892-09c93fe2ed5f1702396669.jpg
  403402159_1067440364278499_5317397943312853636_n1702397737.jpg

403606945_196330746806143_3165364932696809492_n1702397817.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार