सकियो महालक्ष्मी नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 

मंगलबार, मंसिर २६, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा आइतबारदेखि सुरु भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज सम्पन्न भएको छ ।
प्रतियोगितामा उत्कृष्ठ भएका विद्यालयलाई प्रतिनिधिसभाका सांसद प्रेमबहादुर महर्जनले शील्ड प्रदान गरे । 

WhatsApp Image 2023-12-12 at 20.58.461702394779.jpeg
सिद्धिपुरको डनबस्को स्कुलमा आयोजित समापन समारोहमा महालक्ष्मी नगरप्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरू सहभागी भएका थिए ।
प्रतियोगितामा चार वटा विधामा ४० विद्यालयका १४५० विद्यार्थी खेलाडी सहभागी भएका थिए । 
प्रतियोगिता महालक्ष्मी नगरपालिकाका डनबस्को विद्यालय, माउण्टओलिभ, पवन प्रकृति र नमूना विद्यालयमा सञ्चालन भएका थिए । 

WhatsApp Image 2023-12-12 at 20.58.481702394785.jpeg
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स (दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट), मार्सल आर्ट (कराँते, तेक्वान्दो, उसु) मा छात्र र छात्रातर्फका खेलमा खेलाडी विद्यार्थी सहभागी भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । 

WhatsApp Image 2023-12-12 at 20.58.471702394782.jpeg
प्रतियोगिता अन्तर्गत आज आज छात्र ३००० मिटर, दौड, छात्रा ३००० मिटर दौड, ४ सय मिटर छात्र–छात्रा, ४०० गुण १ मिटर दौड, भलिबल, त्रिपल जम्प, कराँतेका प्रतियोगिता भएका थिए । 

WhatsApp Image 2023-12-12 at 20.58.47 (1)1702394782.jpeg

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार