गोदावरीका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या १० हजार पुग्याे

स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणमा गोदावरी नगरमा उल्लेख्य प्रगति
मंगलबार, मंसिर २६, २०८०

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थापनाको छोटो समयमा नै नगरपालिकाले पूर्वाधार निर्माणदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् ।नगरपालिकामा सोमबार आयोजित आर्थिक वर्ष २०७९–२०८०को वार्षिक प्रगति समिक्षा कार्यक्रममा उनले जनप्रतिनिधि, कर्मचारीको अथक मिहेनत र प्रयासबाट यो संभव भएको दाबी गरेका हुन् ।

viber_image_2023-12-11_18-53-38-0731702387515.jpg

उनले भने, ‘ पहिलो कार्यकालका लागि निर्वाचित भएर आउँदा, काम कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्र्ने अन्यौल थियो,ती अन्यौल र अप्ठ्यारोलाई चिर्दै अघि बढ्यौ, छोटो अवधिमा नै धेरै प्रगति ग¥यौं ।’ छिमेकी पालिकाहरुको तुलनामा धेरै कान्छो भएपनि गोदावरी नगरपालिकाले तिनको तुलनामा नागरिकको जीवनयापन सहज बनाउन धेरै काम गरेको  नगर प्रमुख महर्जनले प्रष्ट पारे । उनले भने, ‘पहिलो कार्यकालमा जितेर आउँदा पानीको हाहाकार थियो, कसरी पानी खुवाउने भन्ने चिन्ता थियो , अहिले ८० प्रतिशत भन्दा बढी पानीको समस्या समाधान भएको छ । ’ दोस्रो कार्यकालमा पहिलो कार्यकालको अनुभवले काम गर्न धेरै सजिलो भएको बताउँदै उनले भने, ‘ काम कसरी गर्ने, गल्ती हुन नदिन के गर्ने, गल्ती कसरी सच्याउने भन्ने थाहा हुँदो रहेछ ।

viber_image_2023-12-11_18-53-36-3241702387515.jpg

’ नियमसंगत तरीकाले नगरबासीलाई खुशी बनाउनु नगरपालिकाको मुख्य धेय भएको उनले बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा नगरपालिकाले आफ्नो क्षमताभन्दा  उल्लेख्य प्रगति गरेको उनले दाबी गर्दै भने,‘ अन्यत्र सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बेलामा हाम्रोमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ७ हजारबाट दश हजार पुगेको छ ।’ आर्थिक वर्ष २०७९ ÷२०८० मा प्रक्षेपण गरेभन्दा ६ करोड बढी राजश्व संकलन भएको बताउँदै राजश्व धेरै संकलन हुन भनेको प्रगतिको महत्वपूर्ण मापक भएको स्पष्ट पारे । नगरपालिकाले सडक पूर्वाधार निर्माण मात्रै नगरेको बताउँदै नगरभित्र बनेका सडक बलियो भएको दाबी गरे । उनले भने, ‘ल्याब परीक्षण गर्दा गुणस्तरीय नभए , भुक्तानी रोक्छौं ।

godavari samikchay 21702380895.jpg
समीक्षा बैठकले कमीकमजोरीहरु औल्याउन सजिलो हुने, कार्यदिशा पहिल्याउन सजिलो हुने बताउँदै चौमासिक रुपमा समीक्षा बैठक आयोजना गर्र्ने तयारी नगरपालिकाले गरेको जानकारी उनले दिए । समीक्षा बैठकमा राजश्व, शिक्षा, स्वास्थ्य, नक्सा, उद्योग सहकारी, वातावरण लगायतका शाखाले आर्थिक २०७९÷२०८० मा भएका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । 

viber_image_2023-12-11_18-53-33-2751702387495.jpg
उपप्रमुख मुना अधिकारीले समृद्ध गोदावरीका लागि कर्मचारी र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताइन् । जनप्रतिनिधिको बनाएको नीति नियमको कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको स्पष्ट पारिन् । योजनाहरुलाई उपलब्धिमूलक बनाउन प्राविधिकसहित सम्पूर्णको अनुगमन महत्वपूर्ण भएको उनको भनाई थियो । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले समीक्षा बैठकले कार्यसम्पदान प्रणालीलाई सुधार गर्न र चुस्त बनाउन सहयोग गर्ने बताए । 

gadavari samikaya 31702380999.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार