सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल

आइतबार, मंसिर २४, २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो ।

समितिमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए ।

न्यायाधीशमा प्रस्तावित भएपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वन गरेको थियो ।

बैठकमा पीडित आरती साहका बाबु विनोदप्रसाद साहले आफूले न्यायपरिषदमा उजुरी दिएको तर सुनुवाइ नभएको भन्दै ठूलो मान्छेले मात्र न्यायपाउने हो ? भन्दै प्रश्न गरे । 

उनले भने, ‘मैले उजुरी दिएको थिएँ । सुनुवाइ भएको छैन । हाम्रो देशको कानुनी व्यवस्थालाई किन दबाउन खोजेका छन् । किन न्यायको लागि मानिसले हैरानी खेप्नुपर्छ ? ठूलो मान्छेले मात्र न्यायपाउने हो ? न्याय दिन किन ढिलाइ भएको छ ?’ 

आरती साहको परिवारले प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले उच्च अदालतमा विवादस्पद फैसला गरेको दाबी गरेको छ । आफूहरूले अझैसम्म पनि न्याय नपाएको भन्दै मुद्दा सर्वोच्चमा रहेकाले सुवेदी सर्वोच्चको न्यायाधीश बन्न अयोग्य रहेको उनीहरूको जिकिर छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार