सुगर–प्रेसर परीक्षणका लागि घरदैलो अभियान थाल्दै ललितपुर महानगर २३ नं. वडा (भिडियो)

आइतबार, मंसिर २४, २०८०

ललितपुर । वडावासीको स्वास्थ्यप्रति संवेदनशील हुँदै ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले सुगर–प्रेसरको निःशुल्क परीक्षणका लागि घर दैलो अभियान थालनी गर्ने भएको छ । अभियानअन्तर्गत वडा कार्यालयले महिला स्वास्थ्य स्वय्म सेविका, टिएचपी परिचालन गरी प्रत्येक टोलमा तीन–तीन महिनमा स्वास्थ्य परीक्षण गर्न लागेको छ । त्यसको पूर्व तयारीका लागि स्वयंमसेविका तथा टिएचपी (टोल हेल्थ प्रमोटर)हरूलाई वडा कार्यालयले पुनर्ताजकी तालिम दिएको छ । 

Gropu 11702184959.jpg
वडा स्वास्थ्य कार्यान्वयन समितिको समन्वय तथा वडा कार्यालयको आयोजना गरिएको पुनर्ताजकीमा महिला स्वास्थ्य स्वयंम सेविका तथा टिएचपीहरूलाई आरोग्य स्वास्थ्य सदनका हरिप्रसाद तिमिल्सिना तथा गरिमा हेल्थ क्लिनिकका प्रदिप गौतमले सुगर–प्रेसरका लक्षण, परीक्षण गर्ने तरिकाबारेमा सिकाएका थिए । 
‘घर घरमा स्वास्थ्य सेवाअन्तर्गत सुगर, प्रेसर निःशुल्क जाँचका लागि महिला स्वास्थ्य स्वयंम सेविका तथा टिएचपीहरूका लागि थप तालिम’ शीर्षक दिएर पुनर्ताजकी गराइएको हो ।

Gr 11702185042.jpg
कार्यक्रमको सुरुवात गर्दै ललितपुर महानगरपालिका २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले वडा कार्यालयले सुगर–प्रेसर जाँचका लागि अभियान नै थालनी गर्न लागेको जनाउँदै त्यसकै लागि स्वयंम सेविका तथा टिएचपीहरुलाई थप तालिम आयोजना गरिएको बताउनुभयो ।
‘वडाले प्रत्येक टोलमा तीन–तीन महिनामा सुगर–प्रेसर परीक्षण गर्न अभियान नै सुरु गर्दैछ’, उहाँले भन्नुभयो, ‘वडावासीको स्वास्थ्यप्रति हामी संवेदनशी छौं । 
कार्यक्रममा उहाँले वडाले ज्येष्ठ नागरिकका लागि सुगर–प्रेसरको निःशुल्क औषधि वितरण गरेपछि बसाई सराई गरी आउने ज्येष्ठ नागरिकको संख्या पनि बढ्न थालेको जानकारी दिनुभयो । 

chck  11702185108.jpg
वडाले सुगर प्रेसरका जाँचका लागि अस्पताल धाउन नपरोस भन्ने उद्देश्यले निःशुल्क परीक्षण थालनी गर्न लागेको हो । 
कार्यक्रमको समापन गर्दै वडासदस्य राजनमल्ल ठकुरीले वडावासीलाई निरोगी राख्न वडाले अभियान सुरु गर्न लागेको जनाउँदै महिला स्वास्थ्य स्वयंम सेविका तथा टिएचपीका लागि थप तालिम आवश्यक भए वडाले त्यसको व्यवस्था गर्ने बताउनु भयो । 
तालिम कार्याक्रममा वडा नं २३ भित्र रहेका २ जना स्वास्थ्य स्वयंम सेविका, ११ जना टिएचपी, वडा स्वास्थ्य कार्यान्वयन समितिका पदाधिकारी, वडा कार्यालयका कर्मचारीसहित केही वडाका अगुवा महानुभावहरूको सहभागिता रहेको थियो । 
टिएचीहरुलाई महानगरपालिका २२ वडामा स्वास्थ्य स्वयंम सेविकासरहको मान्यतासहित सुविधा दिइसकेको छ । बाँकी वडाका टिएचपीहरुलाई यो मान्यता दिने विषय प्रक्रियामा रहेको बताइएको छ । 

Test 11702185277.jpg

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार