आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाड र हिमालमा हिमपातको सम्भावना 

आइतबार, मंसिर २४, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागलेहाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भागको मौसम सफा रहने छ ।
देशको तापक्रममा क्रमशः गिरावट हुँदै गएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार