बेलायतमा आप्रवासन ठूलोसमस्या बन्दै

आइतबार, मंसिर २४, २०८०

काठमाडौं। बेलायतमा अहिले आप्रवासन ठूलो समस्या बन्दै गएको छ ।यसलाई रोक्न सरकारले धेरै निर्णय गरेपनि विरोधको पनि खुवै सामना गरिरहेको छ।

बेलायती प्रधानमन्त्री ऋषी सुनकले आफ्नो सिमाना सुरक्षित गर्न कडा निर्णय लिइरहेको बताउँदै अवैध आप्रवासन अन्त्यहुनुपर्नेअडानमै रहेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार ट्विट गर्दै भनेका छन् ‘हाम्रो नयाँ विधेयक अहिलेसम्मकै सबैभन्दा कडा गैरकानूनी आप्रवासीविरुद्धको कानून हो।

‘म आप्रवासीको छोराभए पनि मेरा आमाबुवा कानुनीरूपमा बेलायत आएका थिए ।हाम्रो देशमा आपराधिक गिरोहले कमजोर मानिसहरूलाई सताउन सक्दैन ।

आप्रवासीहरूको बच्चाको रूपमा म बुझ्न सक्छु किन मानिसहरू यहाँ आउन चाहन्छन् ।’ प्रधानमन्त्री सुनकले भनेका छन् ।

हालै बेलायतका गृहमन्त्री जेम्सक्ले भर्लेले हाउस अफकमन्सलाई नयाँ नियमअनुसार स्वास्थ्य भिसामा बेलायत आउने चिकित्सकहरूले अब आफ्नो परिवारका सदस्यलाई साथमा ल्याउन नपाउने बताएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार