अमेरिकी भिटोपछि गाजामा युद्धविराम गर्ने प्रस्ताव असफल

शनिबार, मंसिर २३, २०८०

इजरायल । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो ।
सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । मतदानमा यूके अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो ।
सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ । अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको बताएको छ ।
उसले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १२०० जना मानिसहरूको मृत्यु भएको थियो ।
अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद्‌मा भने, ‘यो प्रस्तावले इजरायलले उक्त आक्रमण सहनुपर्ने मर्म बोकेको छ जसले आतङ्कलाई फेरि आफ्नो ठाउँ बनाउने र खडा हुने बाटो दिन्छ।”
अमेरिकाले प्रस्तावको प्रक्रियालाई ‘हतारको’ भन्दै त्यसअघि ‘उचित सल्लाह’ नलिइएको बताएको छ ।
अमेरिकी प्रतिनिधिले आफ्ना सिफारिसहरूलाई बेवास्ता गरिएको बताएका छन् ।
प्यालेस्टाइनले भने अमेरिकी भिटो ूखेद जनाएर मात्रै नपुग्नेू बताएको छ। ूलाखौँ प्यालेस्टिनीहरू जीवन मरणको दोसाँधमा छन्। ती हरेक जीवन पवित्र छन् र बाँच्नका लागि लायक छन्,ू उसले भनेको छ।

हमासका अधिकारीहरूले इजरायलले गरेको हमलामा १७,१७७ जनाभन्दा बढी मारिएको बताएका छन् ।
यसअघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले इजरायललाई नागरिकहरूको सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरेका थिए ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गाजामा स्थिति नियन्त्रण बाहिर जाने अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए। 

हमासले बन्धक बनाएका एक जना व्यक्तिलाई इजरेली सेनाले मुक्त गर्ने प्रयास गरेका बेला ती व्यक्ति मारिएको हमासको सैनिक इकाइले दाबी गरेको छ।

हमासले खिचेको दाबी गरिएको एउटा भिडिओ सार्वजनिक गर्दै हमासले ती इजरायली बन्धकको नाम भने सार्वजनिक गरेको छैन।

भिडिओको क्याप्सन अरबी भाषामा देखिएको छ र त्यसमा बन्धक बनाइएका व्यक्तिलाई सकुशल मुक्त गर्न “असफल भएको” इजरायली सेना त्यहाँबाट “तत्कालै भागेको” दाबी गरिएको छ ।
हमासले इजरायली डिफेन्स फोर्सले ती बन्धक भएको ठाउँसम्म पुग्न एम्बुलेन्सको प्रयोग गरेको छ। बीबीसीले भिडिओको आधिकारिकता पुष्टि गरेको छैन।–एजेन्सी 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार