सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल भित्रिएका छन् । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल भित्रिएका हुन् । सरकारको अनुरोधमा चीनले ती खाली सिलिन्डर नेपाललाई अनुदान स्वरुप उपलव्ध गराएको हो । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ । सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ । यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । सिलिन्डर ल्याउनका लागि शनिबार जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली संघका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।