चिकित्सकको सल्लाह बिना घरमा अक्सिजन सिलिण्डर नराख्न सरकारको आग्रह

आइतबार, जेठ २, २०७८

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैलाई पनि घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सूचना जारी गर्दै सर्वसाधारणलाई आफूसंँग भएका सिलिण्डर नजिकैका अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरेका छन् । अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग र सात हजार २०० सिलिण्डर उत्पादन हुने गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार