नेपालको हवाई उडान ईयुको कालोसूचीबाट हटेन

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं । नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडान सम्बन्धी कालो सूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो ।
युनियनले आज बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।
युरोपियन कमिसनको टोलीले नेपालको उड्डयन सुरक्षाका विषयमा नेपाल आएर फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कालोसूचीबाट हटाउन आग्रह गरेका थिए।अधिकारीले सकरात्मक प्रगति भएको बताएका थिए ।
युरोपेली आयोगले ‘युरोपेली युनियन (इयू) हवाई सुरक्षा सूची’ अद्यावधिक गर्दै नेपाली वायुसेवालाई त्यहाँको आकाशमा उडान गर्न कालोसूचीमा राखेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार