सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिएकाे हाे । पुल्चोक दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइएकाे ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए। साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाएर अपराह्न तीनबजे रथ तानिएकाे मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले जानकारी दिए ।
मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।