सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त संयन्त्र बनाउनुपर्ने ललितपुर । ललितपुर जिल्लाका स्थानीय तह प्रमुखले लैंगिक हिंसा न्यूनीकरणका लागि संयुक्त संयन्त्र तयार पार्नुपर्ने धारणा राखेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालको अयोजनामा गरिएको कार्यक्रममा उनीहरुले त्यस्तो धारणा राखेका हुन् । छलफल कार्यक्रममा उनीहरुले लैंगिक हिंसामा परेकाको उद्धार गर्न बनाइने ¥यापिड रेस्पोन्स टिमका लागिआवश्यक संयन्त्र तयार पार्न पालिकाको क्षमता अनुसार लगानी गनुपर्ने बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिका, नगरपालिका र गाउँपालिकाले क्षमताअनुसार लगानी गरे उक्त संयन्त्र तयार पार्दा प्रभावकारी हुने बताए । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले लैंगिक हिंसा न्यूनीकरण गर्न सहकार्य आवश्यक भएको बताए । बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले लैंगिक हिंसामा पुरुषहरु पनि परेको बताउँदै धेरै एकल पुरुषहरु हिंसाको शिकार भएको स्पष्ट पारे । उनले एकल पुरुषहरुको समस्या बुझेर गाउँपालिकाले एकल पुरुषलाई भत्तादिएको जानकारी दिए । कोञ्ज्योसोम गाउँपालिकाका प्रमुख गाउँपालिका र नगरपालिकाभित्र हिंसाकाप्रकृति फरक हुने बताउँदै त्यसतर्फ ध्यानदिएर उक्त टिम निर्माण गर्नुपर्ने बताए । महालक्ष्मी नगरपालिका उपप्रमुख निर्मला थापाले प्रत्येक पालिकाले लैंगिक हिंसा उद्दार कोष स्थापना गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममापाटन अस्पताल फोरेन्सिक मेडिकल विभागका उपप्राध्याक डा सिर्जना कुवँरले हिंसा पीडितहरु रोग देखाउँदै उपचारका लागि अस्पताल आउने बताइन् । प्रायःजसो हिंसा पीडितले रोगको बारेमा व्याख्या गर्दा समस्यालाई अत्यन्तै जटिल बनाउने उनले जानकारी दिइन् । पाटन अस्पतालमा दुई वर्ष अघि अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो । कार्यक्रममा मनोचिकित्सक डा. विज्ञा शाहले मानसिक समस्या लिएर आउने धेरैजसोले कुन न कुनै किसिमको हिंसा भोगेको बताइन् । कार्यक्रममा ललितपुर महानगरपालिका महिला विकास शाखाकी प्रमुख महेश्वरी विष्ट रावलले अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) कार्ययोजनाको मस्यौदा प्रस्तुत गरेकी थिइन् । कार्ययोजनाको मस्यौदामा लैंगिक हिंसामा परेकालाई उद्धार गर्न मोवाइलभ्यान सहितको ¥यापिड रेस्पोन्स टिममा बनाएर संचालन गर्नुपर्ने उल्लेख छ । कार्ययोजनाको मस्यौदामा फोन सेट, ह्याण्ड सेट, प्राथमिकउपचार किट, पीडित महिला र बालबालिकाका लागि लुगा, खाना राख्नुपर्ने जनाइएको छ । कार्यक्रममा पाटन अस्पतालका निर्देशक प्रा.डा.रवि शाक्यले अस्पतालमा राखिएको यस्ता केन्द्रले लैंगिक हिंसाको कारण पत्ता लगाउँदै समाधानका लागि मार्गप्रशस्त गर्ने स्पष्ट पारे । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर महर्जन, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, महानगरीय प्रहरी प्रमुख किरण बज्राचार्य र जिल्ला न्यायाधी शशिबहादुर रानाभाटको उपस्थिति थियो ।