उपत्यकामा दुई समूहको प्रदर्शन आज, सुरक्षाका लागि एकिकृत सुरक्षा टोली परिचालन

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपाल र अस्पताल सञ्चालक दुर्गा प्रसाईंं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज दिउँसो काठमाडौंका छुट्टाछट्टै स्थानमा प्रदर्शन गर्दैछन् ।
माइतीघरमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि दुवै समूहको कार्यक्रम छुट्टाछुट्टै स्थानमा आयोजना हुन लागेको हो । प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ ।
प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका उपत्यका प्रहरी कार्यालयले कडा सुरक्षा व्यवस्था गरेको जनाएको छ । 
उपत्यका प्रहरी कार्यालयका अनुसार आज दुई समूहको प्रदर्शन लक्षित सुरक्षा व्यवस्थाको लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।
दुई समूहले विभिन्न स्थानकाट जुलुस निकाल्न गरेको तयारीलाई लक्षित गरी जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५ सय ८८ सशस्त्र प्रहरी परिचालन गरिने बताइएको छ । काठमाडौंमा २ हजार ६ सय ३७ प्रहरी, ललितपुरमा ५ सय ६४ प्रहरी र भक्तपुरमा ४सय ०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । यस्तै आजको दुई समूहको प्रदर्शनमा नजिकबाट निगरानी गर्न राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रदर्शन स्थलमा टोली परिचालन गरी अनुगमन गर्ने आयोगका अध्यक्ष टोपबहादुर मगरले बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार