सोसल मिडिया
Contact Us
युनिकोड
जुम्ला । गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमति भएपछि जुम्ला जिल्लाका तीन स्थानीय तह ‘सील’ गरिएको छ । सिल हुने गाउँपालिकामध्ये कनकासुन्दरी, गुठीचौर र तातोपानी गाउँपालिका सील गरिएको हो । यही वैशाख ३० गतेदेखि आगामी जेठ ४ गतेसम्म कनकासुन्दरी गाउँपालिका सील गरिएको छ । यस्तै २९ वैशाखदेखि गुठीचौर गाउँपालिका एक साता सील गरिएको छ भने २८ वैशाखदेखि तातोपानी गाउँपालिका एक साताका लागि सील गरिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए । कनकासुन्दरी गाउँपालिकामा २९ जना कोरोना सङ्क्रमति छन् । सङ्क्रमित मध्ये १५ जनालाई हाँडसिंजा स्वास्थ्य चौकीको आइसोलनमा राखिएको स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले बताए । यहाँ पाँच शय्याको अस्थायी कोभिड अस्पताल पनि छ तर अक्सिजन नभएका कारण समस्या भइरहेको छ । अर्काे स्वास्थ्य सुरक्षा सामग्री पिपिईको अभाव छ । उनका अनुसार दैनिक चार–पाँच वटा प्रयोग हुने गर्दछ । उपाध्यायले भने, ‘आइसोलेनमा १५ जना कोभिड बिरामी भर्ना छन् । उनीहरू मध्ये दुई÷तीन जनाको स्वास्थ्य अवस्था सहज छ । उपाचारदेखि खानपिनमा पनि २४ सै घण्टा खटिनु पर्ने अवस्था भएकाले हामी आफैँ पनि अस्वस्थ हुँदै गएका छौँ ।’ जुम्लामा कोरोना सङ्क्रमतिको १९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख ९ गतेदेखि तथ्याङ्कअनुसार जुम्लामा १९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३०९ जनामा पिसिआर परीक्षण गर्दा १११ जना र यहाँका आठ वटै स्थानीय तहमा ८११ जनाको एन्टीजेन परीक्षण गर्दा ८८ जनामा गरी १९९ जना व्यक्ति सङ्क्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । सङ्क्रमितमध्ये २६ जना कोभिड बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा राजीव शाहले बतानउनुभयो । उहाँका अनुसार १७ जना निको भइसकेका छन् । बाँकी १५६ जना सङ्क्रमित होम आइसोलेसनमा छन् । चन्दननाथमा नगरपालिकामा ५२ जना, पातारासीमा ३१ जना, गुठीचौरमा २४ जना, तातोपानीमा चार जना, तिलामा १० जना, हिमा दुई जना सिँजामा सात र कनकासुन्दरी गाउँपालिकामा २९ जना र अन्य ३० जना गरी जम्मा १९९ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।–रासस