छोराको रिहाइको पहल गर्न विपिनका आमाबुबाले गरे परराष्ट्रमन्त्री साउदलाई आग्रह 

शनिबार, मंसिर २, २०८०

काठमाडौं । झन्डै डेड महिनादेखि इजरायल–हमास द्वन्द्वमा सम्र्पकविहीन बनेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् ।
विपिन ४३ दिनदेखि प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका छोराको रिहाइका लागि विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर आग्रह गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा विपिनका बुबाआमाले साउदलाई छोराको चिन्ता धेरै भइरहेको भन्दै चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि सरकारले पहल गरिदिनका लागि आग्रह गरेका हुन् । 
भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत पनि मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए ।
गत असोज २१ मा हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यागर्थीको मृत्यु भएको थियो । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका विपिन हमासको नियन्त्रणमा रहेको अधिकारीहरूको आकलन छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार