मुगुको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पहिलोपटक अकुपञ्चर सेवा

शनिबार, कात्तिक २५, २०८०

मुगु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगुमा पहिलोपटक अकुपञ्चर सेवा सञ्चालनमा आएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले शनिबार अकुपञ्चर सेवा थप गरेको हो ।

केन्द्र प्रमुख लक्ष्मीप्रसाद पाण्डेले हाडजोर्नी तथा नशा रोगका बिरामीका लागि उक्त सेवा विदाको दिनबाहेक अरु दिन निःशुल्क उपलब्ध गराउने बताए । अकुपञ्चर सेवा एक पटकमा चारदेखि पाँच जनासम्मले लिन सक्नेछन् । 

सेवाको उद्घाटन गर्दै कर्णाली प्रदेशका सासंद एव निवर्तमान उद्योग पर्यटन वन तथा वातवरण मन्त्री जीतबहादुर मल्लले तीनै तहका सरकार मिलेर मुगुमा पाइने जडिबुटीको संरक्षण तथा त्यसको उपयोगमा ल्याउन लाग्नुपर्ने बताए ।

जिल्लामा अकुपञ्चर सेवा सुरु भएपछि मुगुका बिरामी काठमाडौं, नेपालगन्ज र सुर्खेत लगायत जिल्लामा जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास संस्थाले लिएको छ ।

सेवा नियमित भए आफूहरु जस्ता हाडजोर्नी तथा नशा रोगका बिरामीहरुले ठूलो राहत पाउने अकुपञ्चर सेवा लिन आएका सोरु गाँउपालिका–१ का हरि शाहीले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार