कृषि उपज बिक्रीमा सघाउन बुढानीलकण्ठ नगरपालिका परिसरमा शनिबारे हाट

  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा स्टल अवलोकनसहित सयपत्री फूल र बिमिरो  खरिद  
शनिबार, कात्तिक २५, २०८०

काठमाडौं । गाउँमै हराउन लागेका चिनो कागुनो र फाफर । बारीमा फलाउने किसान कै हातबाट तरकारी खरिद । रैथाने खाद्यान्न, जाँतो, मदानीमा पारिएको मोही र ओखल समेत । अनि तिहारलाई नभइ नहुने सयपत्री फूल र बिमिरो । 
बुढानीलकण्ठ नगरपालिका परिसर शनिबार यि र यस्तै एक सय ५० भन्दा बढी कृषि उपजले भरिएका थिए । नगरपालिकाले आफ्ना किसानलाई उत्पादनको ‘उपयुक्त मूल्य दिने’ र कृषि उत्पादनलाई प्रबद्धर्न गर्ने उद्देश्यले हरेक शनिबार नगरपालिकाकै परिसरमा कृषि बजार सुरु गरेको छ । 

385520791_876902410305552_3873519866768204483_n1699708365.jpg
यसबाट किसानले सोझै उपभोक्तालाई लागत र मेहेनत अनुकुलको मोल लिएर बेच्न पाएका छन् भने उपभोक्ताले सुपथ मूल्यमा छानिरहनु नपर्ने गरी ताजा तरकारी र खाद्यान्न भेटाएका छन् । नगरपालिकाले हरेक शनिबार ७ बजे देखि ११ बजेसम्म नगरकार्यपालिका परिसरमा यस्तो हाट बजार राख्न दिने भएको छ । केही समय पछि यसलाई एउटा व्यवस्थित स्थानमा नियमित सञ्चालन गर्ने जानकारी नगरपालिका उपप्रमुख संगिता लामाले दिइन् । 
प्रदर्शनी अवलोकन गर्न शनिबार बुढानीलकण्ठ नगरपालिकाकी बासिन्दा समेत रहेकी पूर्वराष्ट्रपति  विद्यादेवी भण्डारी पुगेकी थिइन् । प्रदर्शनीका सबै स्टल भ्रमण गर्ने क्रममा केही तरकारी तथा तिहारका मुख्य वस्तु मानिने सयपत्री फूल र बिमिरो खरिद गरेकी थिइन् । 

385524060_305568632412723_6246000790619887175_n1699708331.jpg
वन र कृषिमा नेपालीले कसैको मुख ताक्नु नपर्ने स्थिति भए पनि यसै सम्बन्धी आयातमा वर्षिनै चार खर्ब रुपैयाँ बाहिरिनु बिडम्बना भएको उनको भनाइ थियो । यस्तै कर्णाली र गण्डकी प्रदेशमा हुने स्याउ विश्वमै बेजोडको भए पनि बजारमा खपत हुने ९८ प्रतिशत स्याऊ आयातित हुनेले हाम्रो अवस्था बुझाउने भनाई उनको थियो ।  
प्रदर्शनीमा रैथाने एग्रो प्रोडक्टस् नेपालले विभिन्न जिल्लाका एक सय वटा भन्दा बढी रैथाने कृषि उपज राखिएका थिए । संस्थाका अध्यक्ष तिलक ढकालका अनुसार पछिल्लो पुस्ताले बिर्सन थालेका ढिकी जाँतो ओखल जस्ता कुरा समेत प्रदर्शनीमा राखिएको बताए । ‘आयातित खाद्य पदार्थतर्फ ढल्किएको समाजमा पुनः स्थानीय स्वादको बानी पार्न खोजेका हौं’े उनको भनाइ थियो । 

385526238_620696506736142_8256162277335374429_n1699708317.jpg
नगरपालिकामा स्वरोजगार सिर्जना गर्न, मानव स्वास्थ्य प्रतिकुलका विषादी प्रयोग नियन्त्रण गर्न किसानले उचित मूल्य पाउने अवस्था सिर्जना गर्न यस्तो प्रदर्शनी गरिएको जानकारी पनि उनले दिए । 
प्रदर्शनी महिला कृषि समूहले फलाएका गोलभेडा, काउली र सागपात विशेष आकर्षक थिए । नगरपालिकाको प्रोत्साहनले भाडामा जग्गा लिएर खेती किसानी गर्ने आफूहरुलाई केही हुने आशा जागेको संघर्षशील कृषि समूहकी सविना शेर्पा बताउँछिन् । ‘हाम्रो उत्पादनको मूल्य विचौलियालाई दिनु परेन यही ठूलो कुरा हो’, उनको भनाइ थियो । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार