पश्चिम नेपालका भूकम्प पीडित विद्यार्थीका लागि अनेरास्ववियूको देउसी भैलो 

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले जाजरकोट –रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगका लागि देउसी भैलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 


आजबाट अनेरास्ववियूले तिहारको सांस्कृतिक तथा मनोरञ्जनात्मक पक्ष देउसी भैलो खेल्न सुरु गरेको हो । उक्त कार्यक्रमबाट उठेको रकम भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ प्रयोग गरिने अनेरास्ववियूले जनाएको छ । 


शनिबार स्ववियूका विद्यार्थी नेता कार्यकर्ताले सम्मानित नेता झलनाथ खनालको घरमा देउसी भैलो खेलेका छन् । उनीहरुले पार्टी निकट नेताको घरमा तिहारसम्म देउसी भैलो खेल्ने र रकम संकलन गरी पीडित बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका हुन् । 


उनीहरुले देउसी गाउँदा पनि भूकम्प र त्यसले ल्याएको पारेको नकारात्मक प्रभाव तथा समस्या बारेमा भट्याएका एवं गीत गाएका थिए । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार