थपिए ८५२० जना संक्रमित, २०३ जनाको मृत्यु

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २१,४७८ नमुना परीक्षण गरिएको थियो । आज थपिएका सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार