जाजरकोट भूकम्प

अमेरीकी दूतावासले भन्यो, 'पुर्ननिर्माणमा सघाउन अमेरीका तत्पर छ'  

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं  । कर्णाली प्रदेशको जाजरकोट जिल्ला रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गरेको हो । 
जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो मानविय र भौतिक क्षति गरेको छ । 
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले भूकम्पछिको पुर्ननिर्माणमा नेपाललाई अमेरीकाले सहयोग गर्ने जनाएको छ ।
दूतावासले लेखेको छ, ‘ नेपालको जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबर प्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ।’

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार