राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा
चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा
शब्दपाटी
शुक्रबार, वैशाख ३१, २०७८
शुक्रबार, वैशाख ३१, २०७८
चितवन : कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए।
निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कने तथा हिँडडुल नगर्ने, अत्यावश्यक काममा हिँड्नुपर्ने भएमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ । सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा, पार्टीप्यालेस, हेल्थक्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेस सेन्टर, जिमखाना, स्पा, स्वीमिङ्ग पुल, ब्यूटीपार्लर, सैलुन, टेलरिङ, फुटपाथ पसलजस्ता बन्द रहने लामिछानेद्धारा जारी आदेशमा उल्लेख छ ।
यस्तै होटल तथा रेष्टुरेन्टबाट टेकअवेबाहेकका अन्य सेवा सञ्चालन नगर्न, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्थामा भौतिकरूपमा उपस्थित भई हुने पठनपाठन तथा परीक्षालगायत शैक्षिक गतिविधि नगर्न, विवाह, व्रतबन्धलगायत संस्कारजन्य कार्यक्रम होटल तथा पार्टीप्यालेसमा सञ्चालन गर्न नपाइने, घरमा सञ्चालन हुने यस्ता कार्यमा बढीमा १० जनाभन्दा बढी सहभागी नहुनसमेत आदेशमा अनुरोध गरिएको छ । मृत्यु संस्कारमा १५ जनाभन्दा बढी सहभागी नहुन, लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन नगर्न, मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजाबाहेक जमघट नगर्न आदेश जारी गरिएको छ । आदेशमा निकुञ्जमा जिप सफारी तथा जलयात्रा नगराउन सबैलाई आग्रह गरिएको छ ।
यस्तै आदेशमा तरकारी, फलफूल, खाद्यान्न, कुखुराका अण्डा, चल्ला दाना, माछा, मासु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्मका लागि समय तोकिएको छ । औषधि, पेट्रोलपम्प, दुग्ध उद्योग, दूरसञ्चार, इन्टरनेट, विद्युत्, फोहरमैला व्यवस्थापन, खानेपानी आपूर्तिसम्बन्धी सेवा, अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आइतबार, मङ्गलबार र बिहीबार मात्र तोकिएको मापदण्डको पालना गराई वाणिज्य बैंक सञ्चालन गर्न पाइने तर अन्य वित्तीय संस्था तथा सहकारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । यो आदेशको पालना नगरे सङ्क्रमण रोग २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने आदेशमा उल्लेख छ ।
शिवनगरमा १५ शय्याको आइसोलेशन
जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा १५ शय्याको आइसोलेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार अक्सिजनसहितको उक्त आइसोलेशनको शुभारम्भ गरेकी हुन् । शुभारम्भ कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेशन तयार गर्न सफल भएको बताइन्। भरतपुर महानगरपालिकाले कोभिड–१९ को दोस्रो प्रकोप रोकथाम तथा सङ्क्रमितको उपचारका लागि आइसोलेशन तयार गरेको हो ।
आवश्यकअनुसार आइसोलेशन थप्दै लैजाने प्रमुख दाहालको भनाइ छ । कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । कोभिड–१९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले चेतनामूलक गतिविधि, स्वास्थ्य मापदण्डको पालना, बिरामीको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको उनले जानकारी दिए। उनका अनुसार कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाका तीन स्थानमा चारवटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ । महानगरपालिकाले शिवनगर स्वास्थ्य केन्द्रको आइसोलेशन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आइसोलेशन निर्माण गर्ने तयारी गरेको छ । महानगरले यसअघि नै शिवनगर र शारदानगरमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेशन निर्माण गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेशन सञ्चालन गरेको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १४ का अध्यक्ष ओमप्रकाश पोखरेललगायतले बोल्नुभएको थियो । कोभिड आइसोलेशनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायत सेवा कोभिडका सङ्क्रमितले निःशुल्क पाउनेछन् । अस्पतालमा दुई मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववतरूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
१२:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा
नंः २
आगामी साता देशले पाउने छ नयाँ प्रधानमन्त्री
नंः ३
राष्ट्रिय परिचयपत्रमार्फत सेवा एकीकृत, दोहोरो फारम भर्ने बाध्यता अन्त्य हुने
नंः ४
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
नंः ५
रामेछापमा १० वर्ष यताकै ठूलाे हावा–हुरी
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
शिक्षा
नेपालमा पहिलो पटक ड्रोन एभिएसनमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्ने तयारी
शुक्रबार, चैत ६, २०८२
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
शुक्रबार, चैत ६, २०८२
नयाँ सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भूमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
शनिबार, फागुन ३०, २०८२
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान
शुक्रबार, फागुन ८, २०८२
दलहरुको घोषणापत्रमा निःशुल्क शिक्षा होइन, रोजगार र स्रोतको स्पष्ट खाका चाहिन्छ : डा.विष्णु कार्की
बिहीबार, माघ २९, २०८२
घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह
सोमबार, माघ २६, २०८२
शिक्षामा लगानी गर्न राज्यले ‘पैसा छैन’ भन्नु वहानामात्र हो : लक्ष्मी किशोर सुवेदी
शनिबार, माघ १०, २०८२
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
शनिबार, माघ १०, २०८२
समाचार
बागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला
मंगलबार, चैत १०, २०८२
सडकले जोडिदैँ कर्णालीका गाउँहरु
मंगलबार, चैत १०, २०८२
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
मंगलबार, चैत १०, २०८२
पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग
सोमबार, चैत ९, २०८२
इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ हुँदै, विश्वभरका पर्यटक भित्र्याउने लक्ष्य
सोमबार, चैत ९, २०८२
थप समाचार
बागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला
शुक्रबार, वैशाख ३१, २०७८
सडकले जोडिदैँ कर्णालीका गाउँहरु
शुक्रबार, वैशाख ३१, २०७८
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
शुक्रबार, वैशाख ३१, २०७८
पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग
शुक्रबार, वैशाख ३१, २०७८
Subscribe Newsletter
×