पीडित केन्द्रमा राखेर शान्ति प्रक्रिया छिटो टुङ्ग्याउनुपर्छ : ओली 

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय दिन आवश्यक रहेको बताए ।
मंगलबार संसद्मा राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय पीडितहरूलाई उपलब्ध गराएर, छिटो समाधान गर्नुपर्ने बताए । 
उनले भने, ‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय पीडितहरूलाई उपलब्ध गराएर, नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरू समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नपर्छ, सकेसम्म छिटो समाधान होस भन्ने कामना गर्नुभएको छ । हाम्रो पार्टीले उहाँको सम्बोधनलाई धन्यवाद दिन चाहन्छ ।’ 
महासचिव गुटेरसले नेपाली र नेपाल राष्ट्रको राम्रो मूल्याङ्कन गरेको बताए । गरिब देशहरूलाई सम्पन्न र धनी देशहरूले सहयोग समर्थन गर्नुपर्ने, संयुक्त राष्ट्रसंघमा जनाएका प्रतिवद्धताहरूलाई पूरा गर्नुपर्ने गुटेरसको विशेष जोड रहेको उनको भनाई छ । ओलीले गुटेरसको सम्बोधन संक्षिप्तमा र धेरै राम्रो रहेको टिप्पणी गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार