यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ : महासचिव गुटेरस 

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संक्रमणकालिन न्यायलाई टुङ्गोमा पु¥याउने कुराले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 
संघीय संसद्का दुबै सदनलाई मंगलबार सम्बोधन गर्दै     महासचिव गुटेरसले नेपालको अन्तिम दिशामा हरेको नेपालको शान्ति प्रक्रिया पूरा गर्न संक्रमणकालिन न्याय निरुपणमार्फत सहयोग पुग्ने विश्वास व्यक्त गरे । तर यो प्रक्रिया त्यति सहज नभएको उनको भनाई छ । 


तर अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे । 
शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने काममा नेपाल एक्लो नरहेको उनको भनाई छ । 


उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डहरू, सर्वोच्च अदालतको निर्णयहरू र पीडितहरूको आवश्यकताहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन संयुक्त राष्ट्रसंघ तपाईंलाई सहयोग गर्न तयार छ ।’
त्यस्तै उनले नेपाल र संयुक्त राष्ट्र संघ पुरानो मित्र भएको दोहो¥याउँदै गहिरो सहकार्य रहेको स्मरण गरे । 


उनले क्षेत्रफलका हिसावले सानो भए पनि नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले भने, ‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । पृथ्वीका सबै देशहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो देश हो । नेपाली जनताको समर्पण, साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार