अमेरिकाद्वारा इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति समवेदना

परराष्ट्रमन्त्री साउद–अमेरिकी विदेशमन्त्री ब्लिन्केन भेट
मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं । अमेरिकाले हमासको आक्रमणमा परी इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति संवेदना व्यक्त गरेको छ । 
अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति संवेदना व्यक्त गरेका हुन् । 

mofa1698722255.jpg

“अमेरिकाले इजरायलमा हमासको आतंकवादी हमलामा मारिएका नेपाली विद्यार्थीका परिवारप्रति संवेदना व्यक्त गर्दछ,” विदेशमन्त्री एन्टोनीले भनेका छन् । 
इजरायलमा बेपत्ता भएका विपीन जोशीका बारेमा पनि उनले चिन्ता व्यक्त गरेका छन् । 
दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

Mofa 21698722254.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार