सगरमाथा आधार शिविरबाट राष्ट्रसंघका महासचिवले भने, 'हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर गम्भीर'

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको  गम्भीर असर देखेको बताएका छन् । 
आज सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको  दर्दनाक अवस्था देखेको बताएका छन् । 
आधिकारीक ट्वीटर ह्याण्डलबाट महासचिव गुटेरेसले, आफू माउन्ट एभरेष्टको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन् । 
उनले तापक्रम वृद्धी र हिउ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवन र जीवनशैली नै चुनौतिपूर्ण बनेको बताएका छन् । 
उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रीमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत गराएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार