सुरुङभित्र मृत्यु भएका मजदुरको परिवारलाई ३० लाख क्षतिपूर्ति

शुक्रबार, वैशाख ३१, २०७८

किमाथाङ्का । सङ्खुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङभित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।  सुरुङभित्र बारुद लोड गर्ने क्रममा बुधबार बिहान माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो । 
चिचिला गाउँपालिका–३ पुखुवामा बुधबार राति ११ बजे अरुण तेस्रोको निर्माण गरिहेको पटेल इन्जिनियरिङ र पीडितपक्षबीच सहमति भएपछि मृतकको शव आफन्तले जिम्मा लिएका छन् । मृतक रानाको परिवारलाई निर्माण कम्पनीले काजकिरिया खर्च तत्काल पाँच लाख रूपैयाँ उपलब्ध गराएको मृतकका भाई रामस्वरूप रानाले जानकारी दिए ।  जिल्ला अस्पताल खाँदबारीबाट बिहीबार दिउँसो मृतक कृष्णको शव पोष्टमार्टम पश्चात कञ्चनपुर लगिएको छ ।   आयोजनास्थलमा सुरक्षाको प्रबन्ध नभएको भन्दै गृहस्थलको निर्माण कार्य बन्द गरिएको भारतीय निर्माण कम्पनी सतलजका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार