राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

आइतबार, कात्तिक १२, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार शीतल निवासमा राष्ट्रपति पौडेल र नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिवबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भिर भईदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । 
उनले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरुलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
‘जलवायु परिवर्तनको कारक हामी होइनौ, अरुले अधिक कार्वन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण विगार्नेहरुलाई दायित्व पूरा गर्न झकझक्याउनुपर्दछ’, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै सचिवालयले भनेको छ, ‘हामीले त व्यहो¥यौँ व्यहो¥यौँ अब सारा विश्व र मानव जातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरांै । त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ ।’

Photo (2)1698590481.jpeg
उनले सगरमाथा अन्नपूर्ण आधारशिविरजस्ता ठाउँहरुको भ्रमण स्वयम महासचिवले गर्ने भएकाले सेतो हिमाल कसरी कालो हुँदैछ, अतिवृष्टि र अनावृष्टि के कस्तो प्रभाव परयो भन्ने कुरा महसुस गर्न पाउने विश्वास पनि व्यक्ति गरेका थिए ।
राष्ट्रपति पौडेलले शान्ति सम्झौंताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासोलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पुरा हुने बताएका थिए । 
उनले अहिलेको जटिल विश्व राजनीतिक अवस्थामा राष्ट्रसंघको भूमिका अझ बढेको बताउँदै नेपाल राष्ट्रसंघीय शान्ति मिसनको दोस्रो ठूलो योगदानकर्ता मुलुक भएको स्मरण गराएका  थिए । पौडेलले शान्ति सेनामा खटिएका नेपाली सेनाको नेतृत्व तहको जिम्मेवारीका लागि आग्रह गरे  । 
सो अवसरमा महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा नहुँदै पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै ‘कोप’का सन्दर्भलाई लिएर जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिन आफ्नो नेपाल भ्रमण प्राथमिकतामा परेको बताए ।
उनले आफ्नो नेपाल भ्रमण तीन एजेण्डामा केन्द्रित रहेको बताउँदै सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनिकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकोले यहाँ आएको बताएका थिए । 
सो भेटमा परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रपति कार्यालयका सल्लाहकारहरु, पदाधिकारीहरु तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार