नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन राष्ट्रसंघको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल 

आइतबार, कात्तिक १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउँन संयुक्त राष्ट्रसंघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 
आइतबार प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने औपचारिक भ्रमणमा आएका महासचिव एन्टोनियो गुटरेससंग सिंहदरबारमा भएको भेटवार्तापछि उनले नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले गुटेरेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । 
उनले भेटमा मौसम परिवर्तनसँग सम्बन्धित विषय, नेपालमा त्यसको नकारात्मक परिणाम र त्यसलाई कम गर्न अन्तरराष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले खेलेको भूमिको बारे चर्चा भएको पनि बताए । 
उनले भने, ‘मुख्य रुपमा हाम्रो मौसम परिवर्तनसँग सम्बन्धित विषयमा हामीले गम्भीर रुपले चर्चा गरेका छौँ र नेपालमा त्यसको नकारात्मक परिणाम छ त्यसलाई कम गर्नको लागि अन्तराष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेलेको भूमिकाको हामीले उच्च प्रशंसा गरेका छौँ र आउँने दिनमा अझ ठूलो सहयोगको अपेक्षा हामीले गरेका छौँ । नेपालको शान्ति प्रक्रिया अन्तरगत जुन अन्तिम चरणमा छ त्यसलाई टुङ्गोमा पु¥याउँन पनि अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा पनि गरेका छौँ ।’ 
त्यसैगरि नेपालको आर्थिक विकास र समृद्धिको कुरा, एलडिसिबाट ग्रयाजुयट् हुने प्रक्रियालाई सहज बनाउँन र एसडिजीमा २०३० सम्मको लक्ष्य प्रक्रियाको लागि पनि सकारात्मक छलफल भएको उनको भनाई छ । 
उनले महासचिवको भ्रमण अन्तराष्ट्रिय सम्बन्धलाई सहजीकरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार