बुद्धले थप्यो नयाँ जहाज, हवाई सेवा सरल र सहज हुने कम्पनीको विश्वास 

शनिबार, कात्तिक ११, २०८०

काठमाडौं । बुद्ध एयरले थप एक नयाँ जहाज ल्याएको छ ।  शुक्रबार नाइनएन–एओसी कलसाइन रहेको एटिआर–७२ जहाज बुद्ध एयरले भित्र्याएको हो । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई एक महिनाभित्र उडान सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन् ।
हवाई उडान सहज र सरल बनाउने हेतु नयाँ जहाज थपिएको र त्यसले उडान संख्यामा वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्नेबुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । 
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा उडान भरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार