आजबाट सकियो दशैं, एक महिना लामो कार्तिक स्नान र आकाशदीप प्रज्वलन सुरु 

शनिबार, कात्तिक ११, २०८०

काठमाडौं । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आजबाट समाप्त  हुँदै छ ।   आज अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको रातभर जाग्राम बसेर पूजाआराधना गरेपछि औपचारिक रूपमा बडा दशैं सकिन्छ । 
आजबाट गरिने बडा दशैंको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिनासम्म प्रन्वलन गरिन्छ । 
वर्ष दिनमा १२ वटा र अधिकमास परेका बेला थप एक पूर्णिमा पर्छन् ।
धन र बैभवकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्ने र लक्ष्मीको  रातभरि जागै बसेर जसले पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।
यही विश्वासका कारण आज राति गृहिणीहरू पूजा कोठा वा पवित्र स्थानमा जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने गर्दछन् । 
कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजा अर्चना गरी त्यस वर्षको बडादशैंको समापन भएको र आकाशदीप तथा कार्तिक महात्म्य सुरु भएको जनाउ दिने प्रचलन छ । 
योसँगै आश्विन शुक्लपक्ष कोजाग्रत पूर्णिमाका दिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म प्रसिद्ध नदी, त्रिवेणी, महत्त्वपूर्ण तलाउ तथा तीर्थस्थलमा स्नान गरिन्छ एक महिनासम्म कार्तिक स्नान गरी आकाशदिप दान गर्ने कार्यको सुरु हुन्छ । शास्त्रअनुसार कार्तिक स्नान गर्दा ब्रह्ममुहूर्तमा गर्नु उत्तम रहने मानिन्छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार