प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान  

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङतर्फ आज प्रस्थान गरेका छन् । 
चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौँ बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन गएको सैनिक मुख्यालयले जनाएको छ ।


यही कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो । यही कात्तिक १२ गतेदेखि १४ गतेसम्म बेइजिङमा सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्सन फोरमको उद्घाटन समारोहमा शर्माले सहभागीता जनाउनेछन । चीनमा रहँदा उनले ग्रेट वाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण गर्नुका साथै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको शैनिक मुख्यालयले जनाएको छ । 


बेइजिङ जानुअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाई गरेका छन् । प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सिताराम खड्काले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार