प्रधानमन्त्रीबाट इदको शुभकामना

बहुधार्मिक विशेषतालाई मौलिक पूँजीका रुपमा लिन सुझाव
शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इद पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रूपमा लिनुपर्ने जनाएका छन् । उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी  सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार