महालक्ष्मी नगरपालिका वडा नं ९ का जनप्रतिनिधि ज्येष्ठ नागरिकबाट आर्शिवाद लिन घरदैलोमा 

शुक्रबार, कात्तिक १०, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ का निर्वाचित जनप्रतिनिधि आफ्नो वडाका ज्येष्ठ नागरिकसँग आर्शिवाद थाप्न घरदैलोमा पुगेका छन् ।  ‘ज्येष्ठ नागरिकहरु ईश्वरका प्रतीक हुन् उहाँहरूको आर्शिवचन  सधै लाग्नेछ’, भन्ने पवित्र उद्देश्य लिएर महालक्ष्मी नगरपालिका वडा नं. ९ का निर्वाचिति जनप्रतिनिधिहरू वडाका  ज्येष्ठ नागरिकहरूको घर दैलोमा पुगेर आर्शिवाद लिएको वडाअध्यक्ष जयकृष्ण बोगटीले शब्दपाटीलाई जानकारी दिनुभयो । 

394716501_295498590078103_4911205712195894954_n1698400605.jpg
ज्येष्ठ नागरिकबाट आर्शिवाद लिने क्रममा आफूहरू १०३ वर्षीया विष्णुदेवी बडाल र ९२ वर्षीय लिलानाथ घिमिरेको घरमा पुगेर नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा ग्रहण गरेको वडासदस्य शशिधर पोखरेलले जानकारी दिनुभयो ।

387599050_1333280004227829_8733878396061148922_n1698400617.jpg
ज्येष्ठ नागरिकसँग आर्शिवाद लिन वडाअध्यक्ष जयकृष्ण बोगटी, वडा सदस्यहरु शशिधर पोखरेल, रामकेशर थापा, सरिता पोखरेल उहाँहरुकै घरदैलोमा पुग्नु भएको थियो । 

396586754_850830370014310_5241083449560592341_n1698400607.jpg
विजयादशमीका दिन ९ दिनसम्म पूजा आराधना गरी देवी बिसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम भोलि कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

370217091_272757881850888_2411826736109619099_n1698400610.jpg

370304030_706474204738181_4572079712160129613_n1698400610.jpg

370228912_869539017881356_923257670384061583_n1698400612.jpg

370130457_238753892541684_6348425251904014944_n1698400613.jpg

395498736_281904800834904_5826248926808034359_n1698400620.jpg

370206914_637138481937263_1926017867320567756_n1698400621.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार