मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा सहकार्य जरुरी : स्वास्थ्य मन्त्री बस्नेत 

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं । स्वास्थ्य मन्त्री मोहन बस्नेतले, एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि, प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी रहेको बताएका छन् ।  क्षेत्रिय सांसदहरुको योजना र तयारीबारेललितपुरमा, आयोजित प्राविधिक कमिटि बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले, कुनै पनि रोगले देश र भेग नछुट्याउने भन्दै एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी र संयुक्त संयन्त्र निर्माण आवश्यक भएको बताए । 

Photo (1) (7)1698398476.jpg
उनले मलेरियालगायतका रोग एक देशबाट अर्को देशमा सहजै पार हुनसक्ने भन्दै रोगको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक प्रभावकारी सीमा सहकार्य आवश्यक रहेको धारणा राखे । उनले यस्ता संयुक्त बैठकले क्षेत्रिय स्तरमा मलेरिया न्यूनिकरणका लागि महत्वपूर्ण योजना बनाउने विश्वास व्यक्त गरे । त्यसका लागि सांसदहरुको प्रभावकारी भूमिका हुने भन्दै उनले सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार