सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउँदै छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो । खाडी मुलुकमा आज ‘इद’ धुमधामसँग मनाएको छ ती देशहरूमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन् । साउदी अरबको जेद्धामा नेश्नल बिस्कुट उद्योगमा काम गर्ने नेपाली युवा मोहम्मद कादिरले आज बिहान हामी कोरोना महामारीको सङ्घारमा मास्क लगाएर एक मिटरको दूरी कायम गरेर अल्लाहको प्रार्थाना गरे र नेपालमा पनि यो महामारीबाट बच्न र बचाउन स्वास्थ्य आचार संहिता पालना गरेर इद उल फित्तर मनाउन आग्रह गरेका छन् । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।
मुख्यमन्त्री राउतद्वारा घरमैं बसेर पर्व मनाउन अपिल
प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले इस्लाम धर्मालम्बीहरूको महान पर्व ईल–उल फित्रको अवसरमा आज मुश्लिम धर्मालम्बीका साथै प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् । सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोतर प्रगतिको कामना गर्दै मुख्यमन्त्री राउतले यस पर्वको माध्यमबाट मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिबृद्धि होस् भनि कामना गर्नुभएको मुख्यमन्त्रीको प्रेस सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको हुँदा मुख्यमन्त्री राउतले सरकारले निर्धारण गरेको मापदण्डलाई पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन अपिल गर्नु गरेका छन् । प्रदेश सरकारले ईदउल फित्र मनाउनका लागि शुक्रबार वैशाख ३१ गते प्रदेशभर सार्वजनिक विदा दिएको सो विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।