दसैँ टीकाको तेस्रो दिन आज पनि टीका–जमरा लगाइँदै  

बिहीबार, कात्तिक ९, २०८०

काठमाडौं । दसैँको तेस्रो दिन आज पनि टीका तथा जमरा लगाइँदै छ । मंगलबार मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ ।
नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।

टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

यद्यपि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार