दशैँको टीका–जमरा आज पनि लगाइँदै

बुधबार, कात्तिक ८, २०८०

काठमाडौं । दशैँको मुख्य दिन टीका तथा जमरा लगाउन छुटेकाहरुले आज मान्यजनबाट आशीर्वाद थाप्दै छन् । देशका अधिकासं ठाउँमा हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । 
टाढाटाढा जानुपर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा भएपनि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार