सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।
त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मानव कंकाल हेलिकप्टरमार्फत लुक्ला पु¥याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार