राष्ट्रपति पौडेलद्वारा काठमाडौंका शक्तपतठको दर्शन 

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले, बडादशैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा काठमाडौंका विभिन्न शक्तिपीठको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले, आइतबार नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठ पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् ।

राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ । यसअघि राष्ट्रपति पौडेलले पत्नी सवितासहित काभ्रेस्थित पलाञ्चोक भगवतीको समेत  दर्शन तथा पूजाअर्चना गरेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार