कांग्रेस सभापति देउवाकाे दशैँ शुभकामना, 'सबैलाई एकताको सुत्रमा बाध्न सकोस्' 

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउबाले बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभ–कामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिदैँ उनले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयकोसन्देश दिने यो पर्वलाई नेपाली समाजले सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको भन्दै यस्तो पर्वले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको बताए । 


उनले भने, ‘ नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा विश्व प्रसिद्ध छ । बडा दशैंले समुदाय, संस्थाहरु, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंदै आएको छ र बनाउनु पर्दछ ।’
उनले आफू र आफ्नो पार्टीको तर्फबाट सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभ–कामना पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार